नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्का ‘हाईप्रोफाइल’ प्रहरीको खोजीमा !

दियो पोस्ट  

काठमाडौं । सर्वसाधरणलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ ठगी गर्ने धन्दामा अर्का एक पूर्व गृहसचिव समेत मुछिएका छन् ।

पूर्वगृहसचिव तथा हाल नेपाल सरकारका सचिव रहेका महेश्वर न्यौपाने विरुद्ध समेत पक्राउ पुर्जी जारी हुने भएको छ ।

 

२०७६ माघ २१ गतेदेखि २०७८ श्रावण २७ गतेसम्म गृहसचिव रहेका न्यौपानेकै पालामा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगीधन्दा शुरु भएको थियो । नक्कली शरणार्थी प्रकरणमा ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गर्ने गिरोहका नाइकेसँग राजनीतिक नेतादेखि प्रशासनिक क्षेत्रका ठूला व्यक्तिहरुको संलग्नता खुल्दै आएको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई मंगलबार, गृह हुँदै हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे बुधबार र माओवांदी केन्द्रका तन्कालिन नेता एवं पूर्व उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी आज विहान भैरहवाबाट पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणले ठूलो रुप लिएको छ ।

केपी शर्मा ओली नेतृ

त्वको तत्कालीन सरकारले २९ असार २०७६ मा सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची बनाएको थियो ।
गृहको प्रतिवेदन अझै सार्वजनिक भएको छैन । तर सरकारी र राजनीतिकस्तरबाटै प्रतिवेदन हात पारेको गिरोहले प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी पैसा संकलन गरेको थियो । यही आधारमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाबाट रकम संकलन गरी ८७५ को नक्कली शरणार्थी सूची बनाइएको थियो ।
प्रहरी निगरानीमै रहेका न्यौपाने शक्तिकेन्द्र लगाएर आफूलाई उन्मुक्ति दिलाउने कोशिसमा छन् ।

गत साउनदेखि अवकासमा गएका न्यौपाने प्रभावशाली मालदार मन्त्रालयमा बस्दै आएका थिए । उनी अख्तियारको सचिव समेत भएर काम गरेका थिए । अख्तियार प्रमुख प्रेम राई गृहसचिवबाट अवकास हुनुअघि उनी अख्तियारको सचिव थिए । राई अवकास भए लगत्तै उनी गृहसचिवमा सरुवा भएर आएका थिए ।

तस्विर : प्रशासन डटकम

 

सिफारिस