संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

दियो पोस्ट  

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । ८माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भुवनबाबु खड्काले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए ।

‘घटनास्थलमा प्रहरीको टोली गइसकेकेको छ,’ खड्काले दियोपोस्टसँग भने, ‘ प्रहरी घटनास्थलमा पुग्न अझै ३० मिनेट लाग्छ।’