‘क्राइम बिटका’ पत्रकार भण्डारी किर्ते गरेको अभियोगमा पक्राउ !

दियो पोस्ट  

काठमाडौं । आफूलाई सुरक्षा बिटको पत्रकार बताउने मदनबाबु भण्डारी पक्राउ परेका छन् ।

सुरक्षा सम्बन्धी अनलाइन पोर्टल सुरक्षा न्युज डटकमका मालिक समेत रहेका भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

गुल्मीको ईश्मा गाउँपालिका ४ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ बस्दै आएका भण्डारीले लिखत सम्बन्धी कसुर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

परिसर काठमाडौंका अनुसार उनलाई ठगी सम्बन्धी कसुरमा समेत यसअघि मुद्दा चलेको थियो । उक्त मुद्दा उच्च अदालतमा विचाराधिन रहेको छ ।