नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ

दियो पोस्ट  

काठमाडौं । नक्कली कागजात देखाएर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १० जना भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन्।

यस्तै बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन्।

उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही, बारा, पर्सा लगायतबाट जारी गरेको नागरिकता लिएका हुन्।

कार्यालयले उनीहरूलाई विभिन्न ठाउँबाट शनिबार एकै दिन पक्राउ गरेको हो।