बलात्कार आरोपीलाई पक्राउ गर्दा स्थानीयले प्रहरीमाथि गरे ढुंगामुढा, हत्कडीसहित बुढा फरार

दियो पोस्ट  

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका–६ सैनामा जबर्जस्ती करणी मुद्दाका आरोपीलाई प्रकाउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

सोमबारर जबरजस्ती करणी मुद्दाका आरोपी ३१ वर्षीया शंक बुढालाई प्रकाउ गर्न खोज्दा इलाका प्रहरी कार्यालयका प्रहरीमाथि ढुङ्गामुढा भएको हो ।

घटनामा इलाका प्रहरी कार्यालय पलाताका सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुङ्गेल रावल र एक स्थानीय घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेका थिए । पीडितले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा किटानी जाहेरी दिइएको थिइन् ।