कसैलाई खेदी खेदी हत्कडी लगाउने, कसैलाई छोड्ने कुरा सह्य हुँदैनः आली

नक्कली भुटानी शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै उनले एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको बताएका हुन् ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा उनले भने, ‘करप्सनलाई एमालेले टोलरेट गर्दैन । तर कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन’ उनले भने ।

 

‘मैले भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नुभएको छ’ उनले भने, ‘मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ ।’

यो घटनालाई एमालेतिर लक्षित गर्ने कोशिस भइरहेको भन्दै ओलीले आपत्ति जनाए ।

TATA ADD