संसदमा प्रश्न– दाहालजी, ओलीजी र देउवाजीको मिटिङ फिल्म देखाउनका लागि हो ?

दियो पोस्ट  

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्रीले कहिले फिल्म देखाउने ? भन्दै प्रश्न गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा केही शीर्ष नेताको नाम मुछिएपछि प्रधानमन्त्री प्रचण्डले यो ट्रेलरमात्र भएको भन्दै फिल्म देखाउन बाँकी रहेको बताएका थिए ।

प्रधानमन्त्रीको त्यही अभिव्यक्तिलाई व्यंग्य गर्दै उनले भने, ‘प्रधानमन्त्रीजीले फिल्म देखाउने भन्नुभएको थियो । अहिले दाहालजी, ओलीजी र देउवाजीको मिटिङ भइरहेको छ । त्यो फिल्म देखाउनकै लागि हो कि ?’

उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अबौं ठगी गर्ने को–को हुन् ? भन्दै सरकारसँग जवाफ समेत मागेका छन् ।

सिफारिस