सेयर चलखेल गरेको आरोपमा व्यवसायी ज्ञानेन्द्रलाल श्रेष्ठविरुद्ध मुद्दा

दियो पोस्ट  

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रधानले जालसाजीयुक्त कारोबार गरेको ठहर गर्दै सेवोनले मुद्दा दायर गरेको हो ।

प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको शेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेर जालसाजीयुक्त कारोबार गरेको सेवोनको ठहर छ । प्रधान आफूले अध्यक्ष भएको पदबाट हटेको एक वर्ष पूरा नभएसम्म नियमविपरीत श्रीमतीलाई घरायसी नामसारी गराई सो शेयर दोस्रो बजारमा श्रीमतीको माध्यमबाट बिक्री गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

ज्ञानेन्द्रसँग १ देखि ३ लाख रूपैयाँसम्म जरिवाना वा २ वर्ष कैद वा दुवै सजाय गर्न माग गरिएको छ ।