पोखरीमा डुबेर एक बालिकाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । रामेछापमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका–४ सालु गैराथोक बस्ने भक्त बहादुर बलमपाखिकी छोरी १० वर्षीया महन कुमारी बलमपाखीको बुधबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँस्थित पोखरीमा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल मन्थलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।