लिङ्देनले प्रधानमन्त्रीलाई भने– सबै ठूलाठूला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनुपर्‍यो

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाको टोलीले शुक्रबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्ने माग गरेको हो।

‘कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न,’ लिङ्देनले भने, ‘सबै ठूलाठूला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनुपर्‍यो।’

उनले २०४६ साल पछिका नेता तथा कर्मचारीका सम्पत्ति छानबिन गर्नसमेत माग गरेका छन्।

‘२०४६ पछिका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस्,’ उनले भने।