टोपबहादुरको पत्र बुझाउने व्यक्तिको खोजी गर्न सीआईबीले लग्यो सीसीटीभी फुटेज

नक्कली भुटानी शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ।

त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयको सीसीटिभी फुटेज नै लिएर गएको छ ।संसद सचिवालयका वैशाख २५ गतेको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको सीसीटिभी फुटेज सीआईबीले लगेको हो ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।