बाल यौन दुरूपयोगको आरोपमा पक्राउ परेका मदन राईलाई ७ दिन थुनामा राख्न अनुमति

दियो पोस्ट  

कामठाडौं । ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जिल्ला अदालत खोटाङले राईलाई सात दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको हो।

राईलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो।

फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।