‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन’

दियो पोस्ट  

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय ल्याइएका खाणले बाहिरिँदै आफू संलग्न नभएको प्रतिक्रिया दिए। उनले भने, ‘म संलग्न छैन।’