आफैं प्रहरी कार्यालय पुगेका पूर्वसांसद शेर्पा घाइते, कसरी लाग्यो टाउकोमा चोट ?

दियो पोस्ट  

कामठाडौं । प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ । सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका शेर्पालाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

उनको आज बिहान शौचालय जाँदा चिप्लिएर टाउकोमा चोट लागेको परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।
टाउकोमा चोट लागेका उनलाइ प्रहरीले ट्रमा सेन्टरमा उपचारपछि फेरि हिरासतमै राखेको छ । तर, शेर्पाका आफन्तले भने प्रहरीले बयानको क्रममा यातना दिएको आशंका गरेका छन् ।

उनी पूर्वगृहमन्त्री बालकृष्ण खाँण नजिकका नेता हुन् । खाँणसमेत प्रहरी परिसरकै हिरासत कक्षमा राखिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने ठगी प्रकरणमा खाँणसहित शेर्पा पनि जोडिएपछि उनी आफैँ प्रहरी कार्यालय पुगेका थिए ।