अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ बेलिबृजबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ केजी ९ सय ग्रामसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५६ वर्षीय जय बहादुर मुक्तान, बारा निजगढ नगरपालिका–१२ बस्ने २४ वर्षीय बिष्णुलाल थिङ र मकवानपुर बकैया गाउँपालिका–६ बस्ने ३२ वर्षीय दिनेश थिङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय बागमती र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले साइकलमा आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।