नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक १ बजे बस्दै

दियो पोस्ट  

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैछ । दिउँसो १ बजे बैठक तय भएको र काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने स्रोतले बतायो ।

टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति आन्दोलित छ। उसले नेपाल बन्दसम्मका कार्यक्रम अघि सारेको छ।

यद्यपि उसले टीकापुर प्रकरण राजनीतिक भएको र अदालतको फैसलाप्रति कुनै टिप्पणी नरहेको बताएको छ।

डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले पनि अदालतको फैसलाबाट विचलित नभएको प्रतिक्रिया दिएका थिए।