बालिकामाथि यौन दुरुपयोग, मोलुङ गाउँपालिकाका कृषिशाखा प्रमुख कटवाल प्रहरी हिरासतमा

- युवराज पहाडी  

ओखलढुङगा । ओखलढुङगामा बालयौन दुरुपयोगको आरोपमा एक कर्माचारीलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङगाको मोलुङ गाउँपालिका कृषि शाखा प्रमुख विनोद कुमार कटवाललाई प्रहरीले पक्राउ गरेको हो । कक्षा ९ मा अध्ययनरत १६ बर्षीया बालिकालाई २ सय रुपयाँ पैसा दिन्छु मकै छोडाउन आउ भन्दै फकाएर यौन दुरुपयोग गरेको बताइएको छ । पीडित बालिकाका आफन्तको जाहेरी पछि प्रहरीले पक्राउ गरेको हो । जाहेरी अनुसार मकै छोडाउन बोलाएर नियतवश उनलाई दुरुपयोग गरिएको पीडितको भनाइ छ । जोहेरीमा भनिएको छ, “२ सय रुपैयाँ दिन्छु मकै छोडउन आउ भनेर बोलाए र सोही क्रममा मोवाइल निकालेर अश्लिल भिडियो देखाए।”

यौन दुव्र्यवहारपछि राजीनामा दिएर फरार भएका कटवाललाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ । बालयौन दुरुपयोगको अभियोगमा कटवालविरुद्ध बैशाख २६ गते उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका कटवाललाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। उनलाई म्याद सकिएपछि अदालतमा पेश गरिने तयारी रहेको छ ।

दुव्र्यवहार गरेको विषय उठाउँदा कटवालले पीडिकी आमामाथि समेत अपशब्द प्रयोग गरेको पीडित पक्षको आरोप छ। घटना बाहिर आएपछि कार्यालयमा उपस्थित नभएका कटवालले गत बैशाख २० गते जागिरबाट राजीनामा दिएका थिए । २४ गते उनको राजनीनामा स्वीकृत भइसकेको गाउँपालिकाका सूचना अधिकारी सन्तोष गौतमले जानकारी दिए ।
कटवाल कृषि शाखामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी हुन् ।

सम्बन्धित खबर