ढाकाकुमारको मुद्दामा सुनुवाइ हुँदै

दियो पोस्ट  

काठमाडौं । २ करोड घुस मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुँदैछ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गर्दै सांसद पदबाट हटाएको थियो। पार्टीको उक्त निर्णयलाई चुनौती दिँदै श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ।

दलको निर्णयको आधारमा संसद् सचिवालयले उनलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएपछि श्रेष्ठले उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटको दोस्रो सुनुवाइको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ। पेसी तेस्रो नम्बरमा रहेको छ।