जब ‘सम्पर्कविहीन’ भनिएकी मञ्जु खाण संसदमा उपस्थित भइन्

दियो पोस्ट  

काठमाडौं । कांग्रेसबाट समानुपातिक सांसद बनेकी मञ्जु खाण संसद बैठकमा उपस्थित देखिएकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनका श्रीमान् तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण तानिएपछि सम्पर्कविहीन रहेको भनिएकी मञ्जु खाण आजको संसद् बैठकमा उपस्थित भएकी हुन्।

अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति प्रस्तुत गरिरहेका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीमा नाम जोडिएसँगै उनी सार्वजनिक कार्यक्रम देखिएकी थिइनन् । यस विषयमा प्रतिक्रियाका लागि संचारमाध्यमहरूले सम्पर्क गर्दासमेत उनी सम्पर्कविहीन थिइन्।