ढोरपाटन नगरपालिकाका मेयर किन परे अध्यागमनको निगरानी सूचीमा?

दियो पोस्ट  

काठमाडौं । आफूले चलाएको सहकारीबाट निक्षेपकर्तालाई रकम फिर्ता दिन नसकेपछि फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ।

विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार आइतबार मेयर नेपालीसहित चार जनालाई विदेश जानसक्ने भन्दै निगरानी सूचीमा राखिएको हो।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्।

नेकपा (एमाले)बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाग्लुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

यद्यपी आफूलाई तनाव भएकाले आराम गर्ने भन्दै मेयर नेपालीले बुर्तिवाङ प्रहरीलाई पठाएका थिए पत्र