* हरिबहादुर बुढा मगरको विश्व किर्तिमानी रेकर्ड

दियो पोस्ट  

काठमाडौं । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सम्बन्धी यसअघि प्रकाशित समाचार सच्याइएको छ । उनले विश्व कीर्तिमान बनाएको कुरा साँचो नभएको विषयमा प्रकाशित समाचारमा केही तथ्यगत ऋटी भएकोले सच्याइएको हो ।

मगरभन्दा अघि नै इटाली नागरिक एन्ड्रिया ल्यान्फ्रेले उक्त कीर्तिमान बनाइसकेको दाबी गरिएको थियो । तर ईटलीका ती नागरिक घुडा मुनीसम्मको भाग गुमाएका व्यक्ति रहेको खुलेको छ । विश्व किर्तिमानी मगरको भने अफ्गान युद्धमा घुँडामाथिको भाग नै गुमाउनु परेको थियो ।

पर्यटन व्यवसायी ऋषी भण्डारीले सामाजिक सञ्जालमा उल्लेख गरेको कागजातलाई लिएर प्रकाशित समाचारमा भएको तथ्यगत ऋटीलाई गल्ती महशुस गरि क्षमायाचना गर्दछौँ ।

सम्पादक