नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरको अनेक भूमिका, बारम्बार मिटिङ र छलफल

दियो पोस्ट  

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्व उर्जामन्त्री एवं सांसद टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको प्रमुख योजनाकारमध्येका एक रहेको दाबी गरेको छ ।

सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा पेश गरेको अभियोगपत्रमा नक्कली शरणार्थी प्रकरणमा रायमाझीको अनेक भूमिका देखिएको उल्लेख छ ।

नक्कली शरणार्थीहरुलाई विदेश पठाउनकै लागि उनले शरणार्थी नेता टेकनाथ रिजाललाई भेटेर सहयोगको प्रस्ताव गरेको, योजना बनाएर बारम्बार मिटिङ र छलफल गरेको, बाबुछोराले रकम बुझेको, गृहमन्त्रालयभित्र यसै विषयमा भएको झैझगडा मिलाएको अनि गृहमन्त्रालयमा रहेको प्रतिवेदन साटफेरमा भूमिका खेलेको अभियोगपत्रमा उल्लेख छ ।