काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल डेरा गरी बस्ने धनुषा हंसपुर घर भएका ३९ वर्षीय सर्बेस दासको कोठामा चोरी भएको छ । घरमा कोही नभएको मौका पारी मुल गेटको ताला फोडी नगद तथा सुनका विभिन्न गरगहनासहित करिब ११ लाख ६ हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।