फरार अभियुक्त लक्ष्मी महर्जन काठमाडौंबाट पक्राउ, योसँगै पक्राउ पर्नेको संख्या १७ पुग्यो

नक्कली भुटानी शरणार्थी प्रकरण:

दियो पोस्ट  

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणकी फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी छिन्। उनी काठमाडौंको नागार्जुनबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले बताए ।

उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको उनले  जानकारी दिए।

योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि १६ जनालाई पक्राउ गर्दै बाँकी १४ जनालाई फरार प्रतिवादी नबाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।

लक्ष्मीको खातामा ठगीको रकम जम्मा गरेको भेटिएपछि प्रहरीले उनलाई पनि प्रतिवादी बनाएको थियो।

पक्राउ परेका अभियुक्तहरुको शुक्रबारबाट बयान सुरु गरिएको छ। केशव दुलाल र सागर राईको बयान शुक्रबार नै सकाउने तयारी अदालतले गरेको छ।

सम्बन्धित खबर