रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयबाट फिर्ता

दियो पोस्ट  

काठमाडौं । राष्ट्रपति कार्यालयले पूर्वसांसद रेशम चौधरीको आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएको छ। शुक्रबार चौधरीको आममाफीसम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता पठाएको हो।

‘प्रचलित कानुन, यससम्बन्धी अदालतको फैसला, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरित नहुने गरी कानुनबमोजिम गर्न’ भनेर गृह मन्त्रालयमा चौधरीको आममाफीसम्बन्धी फाइल फिर्ता पठाइएको हो ।

आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा चौधरीलाई आममाफी दिने सरकारको तयारी छ।

कैलालीको टीकापुरमा ७ भदौ ०७२ मा भएको झडपमा एक नाबालकसहित नौजनाको ज्यान गएको घटनामा उच्च अदालतको संयुक्त इजलासले फैसला गरेको थियो। यही २ जेठमा सर्वोच्च अदालतले पूर्वसांसद तथा टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसलालाई सदर गरेको थियो।

सम्बन्धित खबर