पशुपतिको जलहरीबारे ओलीको जवाफः मैले रकम दिने हो, सुन हो कि पित्तल ट्वाक ट्वाक पार्न जाने होइन

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भएको भनिएको अनियमितताबारे आफ्नो बचाउ गरेका छन्। ओली प्रधानमन्त्री बनेका बेला पशुपतिनाथको गर्भगृहमा १०७ केजी सुनसहितको जलहरी राखिएको थियो।

तर त्यहाँ लगाइएकोमध्ये १० केजी सुनको हिसाब नभएको कुरा संसदमा उठेपछि ओलीले यस्तो बताएका हुन्।

यो प्रकरणले एमालेबाटै संसद्मा शुक्रबार अवरोध भएको छ। अवरोध भएको संसद् बैठक अझै सुरु हुन सकिएको छैन।

‘पशुपतिमा मैले रकम दिने हो, रकम दिएको हो’, उनले अगाडि भने, ‘सुन हो कि पित्तल हो, मैले त्यहाँ ट्वाक ट्वाक पार्न जाने होइन।’
ओलीले यो प्रकरण संसदमा उठाएका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई सामाजिक मर्यादाविहीन समेत भनेका छन् ।

 

सम्बन्धित खबर