राजस्वमारा रुपेश पाण्डे नै राजस्वको सुराकी !

सधैं प्रहरी संरक्षणमा पाण्डे

दियो पोस्ट  

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व मारेर रातारात धनी बनेका विवादस्पदा व्यक्ति रुपेश पाण्डेलाई सुराकी बनाएर व्यापारी, व्यवसायीहरूलाई दुःख दिनेगरेको खुलेको छ । १५–२० वर्षअघिसम्म बारा, पर्साको सीमाक्षेत्रबाट साइकलमा पोको बोकेर यताका माल उता र उता माल यता गर्ने ‘पोके व्यापारी’ पाण्डे अहिले मुलुकमा धनीहरूको सूचीमा रहेका व्यक्ति हुन् ।

सीमाक्षेत्रका पोके व्यापारी पाण्डे त्यस यता वीरगञ्ज–काठमाडौं रात्रिबसको खलासी गरेका थिए । प्रहरी प्रशाासनसँग मिलेर त्यही धन्दालाई विस्तार गर्दागर्दै पाण्डे अहिलेको अवस्थामा आइपुगेको समाचारसूत्रहरूबाट प्रष्ट हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमाज सिंह कार्की प्रमुख आयुक्त हुँदा पाण्डेले विहाल बजारअगाडि खोलेको अम्बे सारीमा राजस्वले छापा मार्दा जुत्ता नखोली पसलमा टेकेको भन्दै सशस्त्र प्रहरीका हाकिम शैलेन्द्र खनालले छापा मार्न जाने सशस्त्र प्रहरीहरूलाई स्पष्टीकरण सोधेका थिए । रात्रि बसबाट पाण्डेले राजस्व छलेर सामान ल्याउँदादेखि नै पाण्डे र खनालको घाँटी जोडिएको थियो । प्रहरी संरक्षणमा धन्दा गरेकाले पाण्डे रातारात धनी बनेका हुन् ।

पाण्डेलाई धन्दा गर्न प्रहरीकै भ्रष्टाचारको रकम प्रयोग भएको क्रालाई २०७८ साल पुस २२ गते कान्तिपथ र दरबारमार्ग रहेको महँगो मूल्यको विदेशी मदिरा बिक्रि गर्ने ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवालको परिवार पसलमा तालाबन्दी गरेर झनै खुलस्त भएको थियो । अग्रवाल परिवार पाण्डेसँग लिएको मिटरब्याजको किस्ता तिर्न नसक्ने भएर थला परेपछि व्यवसाय अलपत्र छाडेर नेपालबाट पलायन सशस्त्र प्रहरीको तत्कालीन महानिरीक्षक खनालको भ्रष्टचारको रकम मिटरब्याजमा लगाएको आराप लागेको थियो ।

अग्रवालले भारतबाटै उनीहरूसँग डिल गरेर सहमति गरेपछि नेपाल फर्खिएका थिए । त्यतिबेला खनाल अमेरिका पुगेका थिए । खनालको संरक्षणमा धन्दा गर्दै आएका पाण्डेले राजस्व अनुसन्धान विभागका लागि सुराकारीको काम गरेर अन्य व्यापारी व्यवसायीलाई अप्ठ्यारो पार्नेगरेको व्यावसायीहरूबाटै अनौपचारिकरुपमा आरोप लगाउने गरेको छन् ।

पाण्डेले केही व्यवसायीहरूलाई त सडकमा पुर्याइदिने धम्की समेत दिनेगरेको स्रोतको दाबी छ । पाण्डेले त्यसरी धम्क्याउनुपछिको तागतचाहिँ प्रहरी प्रशासनसँगको हिमचिम र राजस्व प्रशासनसँग साँठगाँठ रहेको बुझिएको छ । पाण्डेले तर्साएर आफूले मगाउने सामानमा चाहिँ अहिले पनि राजस्व छल्ने गरेको स्रोतको दाबी छ ।