न्यायधीशको लापरबाही : अख्तियारमा उजुरी गर्ने पत्रकार विरुद्ध नै पक्राउ पुर्जी !

दियो पोस्ट  

काठमाडौं । कुनैबेला एमालेका नेता पूर्व कानूनमन्त्री तथा न्याय परिषद्का सदस्य शेरबहादुर तामाङले न्यायाधीशहरुको सम्पत्ति छानविन गर्नुपर्ने विषयको उठाएका थिए । न्यायाधीशहरुको योग्यता र इमान्दारिता नै नभएका कारण न्यायलयमा विकृति र बिसंगति झाङ्गिएको भन्दै सम्पूर्ण न्यायाधीशहरुको सम्पत्ति छानविन गर्नुपर्ने निचोडमा उनी पुगेका थिए । त्यसै अनुसार उनले योजना पनि बनाए । तथापि बंगलादेशमा चिकित्साशाश्त्र पढ्ने विद्यार्थीहरुको विषयमा गरेको टिप्पणीमा नैतिक प्रश्न उठेपछि राजिनामा दिन बाध्य बनाइयो । न्यायलयमा विकृति र विसंगति भएको भन्दै चौतर्फि आलोचना भएपछि त्यसका लागि समाधानसहितको प्रतिवेदन तयार गर्न सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश हालका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एक समिति बनाइयो । समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक त गरे तर लागू गर्न तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा आनाकानी गरे । त्यसपछि आन्दोलन चर्कियो । कामु प्रधानन्यायाधीश दीपक कार्कीले गोला प्रथा लागू गरे । तथापि ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि बाङ्गै भने जस्तै’ कतिपय न्यायाधीशहरु पुरानै सामान्ती शैली र कानूनको ब्याख्या भन्दा पनि बिभिन्न प्रलोभनमा परेर आदेश र परमादेश गरेको समाचार माध्यममा पढ्न र सुन्न पाईन्छ ।
विशेष अदालतका न्यायाधीशद्वय बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारुको संयुक्त इजलासले यहि जेठ २ गते मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कृषि अनुसञ्धान केन्द्र तरहरामा भएको अनियमितता र सरकारी रकम भ्रष्टाचारका विषयमा उजुरी गर्ने नारायणप्रसाद शर्मा र भ्रष्टाचार भएको विषयमा छानविन गरी प्रतिवेदन तयार गर्ने वैज्ञानिक समय गैरेको नाममा बकपत्र गराउनका लागि भन्दै पक्राउ पुर्जि नै जारी गरी कानूनको धज्जी उडाएको छ । लाखौ रुपैया भ्रष्टाचार गरी कृषि क्षेत्रमा सरकारी लगानी बालुवामा पानी जस्तो बनेको अवस्थामा नेपाल कृषि अनुसन्धान केन्द्र तरहरामा पनि अनियमितताको पराकाष्ठ नै भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय छानविन गरी भ्रष्टाचार गरेको ठहरसहित बंगुर इकाई प्रमुख रामदेव पण्डितसहित ७ जना विरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अहिले उनीहरु निलम्बनमा छन् । मुद्दा विशेष अदालतमा चलिरहेको छ ।
श्रीमती सुत्केरी भएर घर विदामा बसेको पत्र आफ्नै कार्यालय नेपाल कृषि अनुसन्धान परिषद्मा पेश गरेका गैरेको पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी वकिलको कार्यालय हुँदै विशेष अदालतमा पुगेको थियो । तथापि विवेक र इमान्दारिता नभएका न्यायमुर्तिका सामु कागजको खोस्टो बन्न पुग्यो । सरकारी कर्मचारीले श्रीमती सुत्केरी हुँदा विदा पाउने व्यवस्था छ । वैज्ञानिक गैह्रेले अस्पतालमा सुत्केरी भएर जन्मिएको बच्चाको बर्थ सर्टिफिकेट समेत राखेर आफु हाजिर हुन नसक्ने निवेदन दर्ता गराएका थिए । तर, विशेष अदालतका सदस्य न्यायाधीशद्वय बास्तोला र थारुले कानूनको व्याख्या गर्नुपर्नेमा उल्टै सरकारी साछीका रुपमा रहेका उजरीवला शर्मा र प्रतिवेदक गैह्रेलाई पक्राउ गर्न आदेश दिएका छन् । शर्माले यो आदेश विरुद्धमा रिट निवेदन गर्ने बताएका छन् । साथै न्याय परिषद्मा पनि उजुरी गर्ने बताए । शर्मा पनि बिरामी भएर अस्पतालमा भएको अख्तियारमा जानकारी दिएका थिए । शर्माको पित्तथैलीको अप्रेशन भएको थियो ।

क्षेत्राधिकार मिचेर न्यायाधीश बास्तोलाको विवादित ब्यक्तिका पक्षमा आदेश

न्यायपरिषद्का तत्कालिन अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सुरुमा न्यायक्षेत्रमा भएका विकृति र विसंगति हटाउन भन्दै दौडाहा टोली नै गठन गरे । त्यसपछि सर्वसाधारण जनताले उनी प्रति विश्वास गरेर न्याय क्षेत्रमा जानी बुझिकनै गरिएका गलत आदेश र परमादेश गर्ने न्यायाधीशहरुलाई धमाधम कारबाही गरेका थिए । त्यसैक्रममा हाल विशेष अदालतमा कार्यरत बलभद्र बास्तोलालाई पनि कारबाहीका लागि न्यायपरिषद्मा उजुरी परेको थियो । न्यायाधीश बास्तोलाबाट लक्ष्मीबहादुर श्रेष्ठ जोडिएको मुद्दामा गम्भीर ढंगले छानविन हुनुपर्ने माग गरियो । जसमा न्यायाधीश बास्तोला तनहँु जिल्लामा हँुदा श्रेष्ठले अंश मुद्दा र सिटिजन्स बैंक, नविल बैंक, ललितपुर फाइनान्स, विभिन्न सहकारीसमेत उपर लिखत बदर, लिलाम बदर समेतका मुद्दा दर्ता गरेकोमा भएको आदेशमा गाइजात्रा नै देखिएको भन्दै उजुरी गरिएको थियो । उजुरीमा ब्यापारी श्रेष्ठको एनबी ग्रुप लगायतका कम्पनीसँग जोडिएका मुद्दा कतिपय न्यायाधीशले आफू सरुवा भएर जादा समेत त्यही लगेर फैसला गर्ने गरेको दृष्टान्तको फेहरिस्ता पेश गरिएको हो ।

लक्ष्मीबहादुरहरुको स्थायी जन्म घर सिन्धुपलाञ्चोक भएपनि बसाई ललितपुर र ब्यापार काठमाण्डौंमा छ । तर, तत्काल प्रचलनमा रहेको मुद्दा दायर गर्ने स्थान सम्वन्धी अदालती वस्दोवस्त २९ नं. को ठाडो विपरित, वेइलाकामा रहेको अदालतमा गएर मुद्दा दायर गरिएको र, फैसला पनि त्यस्तै भएकाले छानविन हुनपर्ने माग गरिएको थियो । त्यसवेला न्यायाधीश बास्तोलाले निवेदनमा माग दावी गरेभन्दा अगाडि बढेर अन्तरकालिन आदेशबाट सम्पूर्ण शेयर धितो रोक्का राखि दिएका थिए । किनभने एक भाग मात्र रोक्का गर्दा जग्गा जस्तो विषय सबै रोक्का नहुने भएकोले सो मुद्दा पछि विना कारण मुल्तवीमा राखि पुनः जगाइएको अनि, तारिख गुजारेर तामेलीमा पु¥याइयो । “न्यायाधीश जहाँ मुद्दा त्यहाँ”ँ भने झैं बास्तोलाको सरुवा दाङ जिल्ला अदालतमा हुँदापनि लक्ष्मीबहादुर श्रेष्ठले अन्तरकालिन आदेश ल्याएका थिए प्रधानन्यायाधीशमा चोलेन्द्र शम्शेर राणा आएसगै सुरुमा न्याय क्षेत्रमा सुधारका कामहरु हुन थालेका थिए । न्याय परिषद् सदस्य रहेका कानुन मन्त्री भानुभक्त ढकालको समेत साथ र सहयोगमा प्रधानन्यायाधीश राणाले केही विवादास्पद न्यायाधीशहरुमाथि कारवाही सुरु गरे । यसले न्याय क्षेत्रमा भएका विसंगतिहरु किनारा लाग्ने आशा सर्वत्र भइरहेको थियो ।
प्रधानन्यायाधीश राणाको सुरु अवस्थामा अदालतमा गुप्त रुपमा हुने गरेका विकृतिहरु धमाधम बाहिर आउने र न्याय परिषद्बाट कारवाही हुने सरोकारवालाहरुको अपेक्षा रहेको थियो । त्यसो त कतिपय न्यायमूर्तिहरुले कानून विपरित भएका कतिपय फैसलाहरुको फेहरिस्त न्याय परिषद् पुगेको भएपनि उनीहरु माथि अझैं कारवाही भएको छैन । कामु प्रधानन्याधीश हरिकृष्ण कार्कीबाट मुलूकले धेरै आशा गरेको भएपनि राजनीतिक नेताहरुको सुझबुझ नहुँदा कामुमै उमेर हदका कारण सेवानिवृत हुने पो हुन् कि भन्ने आशंका छ । सर्वोच्च अदालतमा अहिलेसम्मका सबैभन्दा इमान्दार न्यायधीशका रुपमा चर्चामा रहेका कार्कीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएपनि सुनुवाई समितिबाट अझै पास गर्ने बाटोकै खोजिमा छन् ।

अनमिनका जागिरे थारु न्यायाधीशमा नियुक्त

नेपाली कांग्रेसको कोटामा तत्कालिन पुनरावेदन अदालतको न्यायाधीश बनेका डा. खुशी प्रसाद थारु कैलालीको अनमिन कार्यालयमा जागिरे थिए । नेपाली कांग्रेसका नेताको सिफारिसमा उनी न्यायाधीशमा नियुक्ति भए । कोर्ट प्राक्टिसमा शून्य भएपनि नेताहरुसँगको सम्बन्धका कारण उनको योग्यता न्यायाधीशका लागि पुगेको थियो । न्यायाधीशका लागि पार्टी सदस्यता नै योग्यता बनेपनि उनी कार्यक्षमतामा भने पटक पटक कमजोर देखिएका छन् ।

न्यायाधीश बास्तोलाको अकुत सम्पत्ति

विशेष अदालतका न्यायाधीश बलभद्र बास्तोला पोखराको सामान्य परिवारमा जन्मिएका भएपनि अहिले ४० करोड भन्दा बढि सम्पत्तिको मालिक छन् । तथापि उनको नाममा भन्दा अन्य नातेदारहरुको नाममा जग्गा र अन्य सम्पत्ति राखेकोे एकजना उनका आफन्तले बताए । किर्तिपुर नगरपालिका वडा नम्बर २ मैत्रिनगरमा रहेको उनको घरमा बिचौलिया वकिलहरुको भेटघाट निकै बाक्लो भइरहेको श्रोतले बतायो । अहिले विशेष अदालतको सदस्य भएपछि त बास्तोलाको दिन दुगुना रात चौगुना बनिरहेको छ । यस विषयमा एक जना पूर्व न्यायाधीशसँग प्रतिक्रिया लिँदा उनले भने ‘न्यायाधीशका लागि पहिलो शर्त इमान्दारिता हो’ ।