चेपाङ गाउँकी अप्सरा : २ वर्षे छोरालाई बचाउने कोशिस गर्दा भिरबाट खसिन्, गर्भको ८ महिने शिशुसहित अस्ताइन् !

दियो पोस्ट  

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आज दुखद घटनाले स्तब्ध बनेको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर मासखर्ककी १९ वर्षिय अप्सरा चेपाङ गर्भवति थिइन् । उनको कोखमा ८ महिनाको शिशु हुर्कंदै थियो । तर, घरायसी कामकाजमा भने ८ महिनाको गर्भ बोकेरै अप्सरा भिररामा हुन्थिइन् ।

आफ्नो २ वर्षिय छोरालाई समेत भिर पहरामा घाँस दाउरा गर्न लिएर गएकी उनी मंगलबार विहान भने दुर्घटनामा परिन् । घाँस काट्ने क्रममा २ वर्षिय छोरा भिरबाट खसे । आफ्नो छोरालाई बचाउने कोशिसमा उनीपनि भिरबाट लडिन् । छोरा उद्दार गर्नेक्रममा खसेकी उनलाई तत्काल मलेखुस्थित राजमार्ग सामुदायीक अस्पतालमा ल्याइयो । तर, अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले अप्सरा, उनको दुई वर्षे छोरा र कोखमा हुर्कंदै गरेको शिशुलाई समेत मृत घोषणा गरे ।

करिब ५० मिटर अग्लो भिरबाट खसेकी अप्सरा र उनको छोरालाई चार घण्टापछि मलेखुस्थित अस्पताल ल्याइएको थियो ।