चुहावट रोक्न, सुशासन कायम गर्न उपाध्यक्षको मुख्य भूमिका रहेछ : कर्ण रोकाय अदानचुली गाउँपालिका (अन्तर्वार्ता)

कर्णाली प्रदेश, हुम्ला

- ईश्वर विश्वकर्मा  

हुम्ला । राज्यले गाउँ–गाउँमा सिंहदरवार भन्ने मूल नारा लिएपनि गाउँमा सिंहदरवार अझै पुगेको छैन् । प्रमुख लेखापालको लागि अझै सिंहदरवारनै धाउनुपर्ने बाध्यता छ । राज्यले विकासको लागि सुगम र दुर्गमलाई बजेटको प्रकृया एउटै प्रणालीमा राखेकोले भने जस्तो विकासको मोडेल कोर्न मुस्किल परेको छ । सून्दर प्राकृतिक वनोट, जैविक विविधताका साथै पर्यटन व्यावसायले समेत भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेको यस पालिका १५०.६१ वर्ग किलोमिटरमा फैलिएको छ भने ७ हजार १ सय १६ जनसंख्या रहेको छ ।

कर्ण रोकाय, कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाको दक्षिण भेगमा अवस्थित अदानचुली गाउँपालिकाका उपाध्यक्ष हुन् । २०४६ सालदेखि राजनीति यात्रामा प्रवेश गरेका रोकाय २०५८ सालदेखि नेकपा माओवादीले थालेको जनयुद्धमा हुमिएका हुन् । रोकाय निरन्तर राजनीतिमा छन् । उनै अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायसँग दियोपोस्टका ईश्वर विश्वकर्माले गरेको टेलिफोन सम्वाद :

अदानचुली गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएपछि गर्नुभएको पहिलो काम के हो ?
निर्वाचित भएपछि हामीले सडककै लागि प्रसस्त समय विताएका छौं । त्यसै अनुरुप हामीले प्रत्यक वस्ती र वडाकार्यालयमा सडक पुर्याएका छौं । सडक नभएका कारण यातायातको सुविधा थिएन, पिठ्युमा चामलका बोरा र निर्माण सामाग्री बोक्नुपर्ने थियो । अहिले पिठ्युमा बोक्नुपर्ने अवस्थालाई मु्क्त गरेका छौं । जनतालाई केही राहत मिलेको अनुभूत भएको छ ।

गाउँपालिको विकासलाई कसरी बुझनु हुन्छ ?
स्थानीय सरकार भनेको जगको सरकार हो । त्यसै अनुरुप हामीले शिक्षा, स्वास्थ्य, कृषि, सडक र विद्युतमा पुहँच भएको भन्ने बुझिन्छ । त्यसै अनुरुप हामीले शिक्षा र स्वास्थ्य लगाएत जनताका आधारभूत विषयमा केही योजना बनाएका छौं । यसै अनुरुप विकासका मोडेल कोरेका छौं ।

तपाईको गाउँपालिकामा स्वास्थ्य, शिक्षा लगाएत आधारभूत विषयमा त्याँहाका जनताको जिवनस्तर चाही कस्तो छ नी ?
जनताको जिवनस्तरको विषयमा देशकै अवस्था नाजुक भएको परिवेषमा, स्थानीय तहको एउटा गाउँपालिकाको जीवन स्तर राम्रो भन्न त सकिदैन् । तरपति नेपालको दुर्गम, विकटताको हुम्ला जिल्लामा पर्ने यो गाउँपालिकाका जनताको जीवनस्तरमा केही सुविधा दिन लागि परेका छौं । सदरमुकाम वरिपरिका पहुँचवाला जनताको जीवनस्तर केही सुधार भएका होलान् । तर हाम्रोमा भनेजस्तो सुधार गर्न सकेका छैनौ । तरपनि हामीले जनतालाई स्वास्थ्य, शिक्षामा भनेजस्तो सेवा दिन सकियो भने, केही सुधार होला भन्ने लागेको छ ।

कृषिमा सुधारका योजना कस्तो छ ?
परम्परा खेतिपातिलाई विउबिजन सहितको आधुनिकरण गर्ने योजना बनाएका छौं । कृषि फर्म सञ्चालन गरेका छौं । यो गाउँपालिका हिमाली जिल्ला र चीनसँग सिमाना जोडिएकोले ओखर, स्याउ, सुन्तला पकेटको फर्मलाई बृद्धि गरेका छौं । जीवनस्तर उकास्नु छ, त्यसकारण स्थानीय खेतिवालीलाई प्रोत्साहन गर्ने तिर लागेका हौ ।

स्थानीय तहले विकासको नाममा जथाभावी डोजर स्काभेटर लगाएर पर्यावरण ध्वस्त बनाइएको भनेर माहालेखा परिक्षकको पटक पटकको प्रतिवेदनमा सार्वजनिक भएको विषयलाई कसरी बुझनु हुन्छ ?
स्थानीय तहको नाममा ध्वस्त भएको छदै छैन भन्न पनि सकिदैन् । तर कतिपय बस्ती पुग्नको लागि एउटा जंगल पार गरेर जानुपर्ने हु्न्छ । र फेरी त्यहाका जनतालाई विकासका नाममा सडकपनि पुर्याउनु पर्ने हुन्छ । यस्तो अवस्थामा केही ठाउँमा पर्यावरण विग्रीयको स्वीकार्नै पर्छ । फेरी विकास गर्न सडक पुर्याउनै पर्नेपनि हुन्छ ? फेरी जनताले गर्ने काम, स्काभेटर डोजरले केही समयमै सक्ने भएकोले डोजर त सञ्चालन हुन्छ तर डोजरको आतंकनै भएको चाही होइन् र छैन् ।

उपभोक्ता समितिको आडमा आफ्ना मान्छे राख्ने र निर्माण तथा ठेक्काको कामहरु आफै गर्ने भनेर महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ के यो सत्य हो ?
आफ्नो मानिस भर्ना गर्नकै लागि भनेर उपभोक्ता समिति गठन भएको चाँही होइन र बजेटको दुरुपयोग भएको पनि छैन् । पहिलेको कार्यकालमा भएको अनियमितताको हामी जिम्मा लिन सक्दैनौ । तर हाम्रो कार्यकालमा भएको कुनैपनि विकास निर्माणको कुरामा जहाँ जसरी अनुगमन गरे हुन्छ । सम्बन्धित निकाए र तपाईहरु जस्ता मिडियालाई आग्रह गर्छौ । आउनुस् हामीले गरेका कामको अनुगमन जहाँ जसरी गरेपनि हुन्छ हामी खुल्ला छौं । आफ्नो मानिस राखेर कुनैपनि अनियमितता भएको छैन् ।

स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना धेरै हुने गरेका छन् भनिन्छ । सुशासन कायम गर्न कस्ता कार्ययोजना बनाउनु भएको छ ?
अदानचुलीमा म स्वयम न्यायीक समिति र अनुगमन समितिको संयोजक पनि हुँ । यस क्रममा मैले एउटा नारा लिएको छु ‘न्याय सत्य वास्तवीकता सुशासन र पारदर्शीता’ यही नारालाई आत्मासाथ गरेर अगाढी बढेको छु । अब देशै भरिको कुरा जान्दिन मेरो पालिकामा जति सकिन्छ जनतालाई सुशासन दिन निरन्तर लागेको छु । मेरो कार्यकाल भरि दृढताका साथ लाग्ने छु । कुनै कर्मचारीबाट पनि भ्रष्टचार हुन दिने छैन् । र जनप्रतिनिधिबाट पनि त्यस्तो हुन दिईदैन् । सुशासन कायम गर्नको लागि सफामनले लागे उपाध्यक्षको मुख्य भूमिका हुँदो रहेछ ।

तपाईको पालिकामा कालोपत्रे सडक, सञ्चारको सुविधा कस्तो छ ?
अदानचुलीको गल्फागाड, कर्णाली करिडोरको सडक गाउँपालिका कार्यालयसम्म कालोपत्रे गर्ने भनेर विश्वबैंकले ठेग्गा लिएको छ । अदानचुली गाउँपालिकामा केही समयपछि कालोपत्रे होला भन्ने आस लिएका छौं । अहिलेसम्म कालोपत्रे सडक छैन् । सञ्चारमा ठिक्कै छ । तर सोचे जस्तो सुधार भएको छैन् ।

स्थानीय तहको परिकल्पना अनुसार जनताले सेवासुविधा पाएका छन त ?
पहिलेको तुलनामा अहिले धेरै सुविधा पाएका छन् । तर केन्द्र सरकारको नारा जस्तो गाउँ गाउँमा सिंहदरवार भने जसरी सुविधा चाँही पाएका छैनन् । खासमा केन्द्र सरकारको शब्दावली नारामा मात्र सिमित भएको पाउछु । किनकी संघीयले स्थानीय सरकारलाई केही अधिकारबाट बञ्चित गरेको छ । फेरी यो पनि होइनकी, अधिकार नपाएका पनि होइनन् । तर सरकारको नारा अनुसारको अधिकार पाएनन भनेको मात्र हुँ ।

गाउँ–गाउँमा सिंहदरबार भन्ने भाष्यलाई कसरी परिभाषित गर्नु हुन्छ ?
गाउँ गाउँमा सिंहदरवार भनेको केन्द्र सरकारको नारा हो । यो नारा र बहसमा मात्र सिमित भएको छ । एउटा कर्मचारीको लागि भनौ वा कुनै विकासे बजेटको लागि हामीले अहिलेपनि केन्द्र सरकार वा सिंहदरवार धाउनु परेको छ । सरकारले बजेट बाँडफाड गर्दा सुगम र दुर्गममा बजेटको ढाचा एउटै बनाउने गरेका छन् । त्यसकारणपनि गाँउ र घरघरमा सिंहदरवार नपुगेको महसुस हुन्छ । किनकी अदानचुलीले अहिलेसम्म प्रमुख प्रशासकिय अधिकृत पाएको छैन् । पहिलो कार्यकालमा पनि पाएको थिएन् । यो कमजोरी, राज्य संघीय मामिलाको ध्यान नपुगेको हो । कर्मचारीको लागि म आफैपनि धाएको छु । कर्मचारीहरु सुगममा बस्ने भएकाले हामीले भनेजस्तो कर्मचारी पनि पाएका छैनौ । खासमा दुर्गमका गाउँपालिकाले धेरै पीडा भोग्नु परेको छ । सिंहदरवार गाउँमा आउने त टाढाको कुरा भयो ।

गाउँपालिकाको उपाध्यक्ष भएर काम गर्न कतिको सहज रहेछ ?
सबै काममा तालमेल मिल्यो भनेत ठिकै हो । खबदारी गर्नको लागि र अनेकौ चुहाबटमा औलो ठड्याउन सहज हुने रहेछ । अनियमिता तिर जाने खालका वातावरण भएमा उपाध्यक्षले खबरदारी गर्ने र यस्ता कार्य नहुन दिनलाई मुख्य जिम्मेवारी र बढी भनाई खाने काम रहेछ भन्ने बुझेको छु मैले । काम चाही उपाध्यक्षले गर्नुपर्ने र अधिकारमा चाही अध्यक्ष अगाढी हुने चलनका कारण उपाध्यक्षको काममा म त्यती सन्तुष्ट छैन् ।

अन्तमा, तपाईको नेतृत्वले गाउँपालिकालाई कस्तो बनाउने छ ?
पाँच वर्षे कार्यकालमा हामीले विकासमा फड्को मार्ने छौं । स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषिक्षेत्रका कुराहरु कति गर्न सकिन्छ गर्नुपर्छ भन्ने तिर हामीले मास्टर प्लाननै बनाएका छौं । काम गरेर देखाउने हो, भनेर के सुनाउनु जे होस, विकसीत र सुन्दर बनाउने इच्चा छ, बनाउने हो । प्रदेश, संघीय सरकार, जनताले पनि साथ दिनुपर्छ अनिमात्र राम्रो कामको नजिता देखिन्छ । मिडियाको पनि साथ सहयोग चाहिन्छ । गतल भएको छ भने, गलत देखाई दिने र राम्रो कामलाईपनि राम्रो भनिदिने भयो भने हामी सफल भइन्छ ।