काठमाडौं, २१ वैशाख । एमाओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बसेको पदाधिकारी वैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।
माओवादीले एमाले, कांग्रेस, राप्रपा नेपाल लगायत सबै दललाई आफू नेतृत्वको सरकारमा सामेल हुन अपिल गर्ने निर्णय समेत गरेको छ ।
नेपाली कांग्रेसले प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेपछि एमाओवादी हौंसिएको थियो । वैठकपछि पत्रकार सम्मेलनमा बोल्दै एमाओवदी सचिव वर्ष पुनले सहमतिको सरकारका लागि अन्य दलसँग छलफल अघि बढेको बताए ।
मंगलबार सरकार नेतृत्व गरेको दल एमाले नेता र माओवादी नेताबीच चर्काचर्की समेत भएको थियो ।