यस्तो छ प्रचण्ड र ओलीको ‘विछोड’को पत्र

दियो पोस्ट  

काठमाडौं, २२ वैशाख । एमाओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बसेको पदाधिकारी वैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । वैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन सबै दललाई अपिल समेत गरेको छ ।
‘हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम ९लोकतान्त्रिक० लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ ।’