बैद्य नआउनेभएपछि बादलले बोलाए फेरी छुट्टै भेला (पत्रसहित)

दियो पोस्ट  

काठमाडौं, ३१ वैशाख । एमाओवादीको विषय टुङ्ग्याउनको लागि क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलले फेरी छुट्टै बैठकको आयोजना गरेका छन् ।

badal


यस अघि स्थगित भएपनि जेठ १ गतेको लागि पुनः वैठकको बोलाइएको छ ।
कुपन्डोलमा रहेको नेवा राज्य कार्यलयमा डाकिएको बैठकमा आउन केन्द्रीय सदस्यहरुलाई पत्राचार गरिएको छ ।

यसअघि एमाओवादी अध्यक्ष प्रचण्डसँग १२ बुँदे सम्झौता गरेपछि अध्यक्ष मोहन बैद्यले बादललाई पत्र लेखेका थिए ।

पत्रमा उनले पार्टीलाई थाहा नै नदिई एमाओवादी अध्यक्षसँग सम्झौता गरेको बताइएको थियो ।