चितवन, ६ जेठ । जिल्लामा विगत पाँच वर्षमा एक हजार ३१४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् ।
महिला ७५४ जना छन् भने ४४५ जना बालबालिका र पुरुष ११५ जना रहेका छन् । जसमध्ये हालसम्म ४१५ जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षमा रहेको पञ्चवर्षे तालिकालाई हेर्दा आर्थिक वर्ष २०६८÷०६९ देखि हालसम्म चितवनमा हराएपछि भेटिएकामध्ये महिला २२३, बालबालिका १६१ र पुरुष ३१ जना रहेका छन् । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रुपमा बढी प्रयोग गर्ने भएकाले उनीहरु धेरै हराएका हुन् ।
विशेषतः समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको उनले बताए। महिला र बालबालिकामा चेनताको वृद्धि हुन नसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताए।