विप्लव माओवादी छाडेका तिलक परियार पनि माओवादी एकता अधिबेशनमा

दियो पोस्ट  

काठमाडौं, ६ जेठ । विप्लव नेतृत्वको नेकपा माओवादी परित्याग गरेका पोलिट्ब्युरो सदस्य तिलक परियार पनि माओवादी एकता अभियानमा देखिएका छन् । बिहीबार राजधानीको बबरमहलमा जारी एकता अधिबेशनमा परियार पनि सहभागी भएका हुन् । उनीसहित केही केन्द्रीय समितिका सदस्यहरुले बुधबार विप्लव नेतृत्वको माओवादी त्याग गरेका थिए ।
उपाध्यक्ष नारायणकाजीको दायाँ तर्फ बसेका उनी रातो कार्ड लगाएर बसेका छन् । यता कतिपय कार्यताले भने सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । हल भित्र आफू भन्दा जुनियर कार्यकर्ता पनि गएको भन्दै उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन् । वाईसिएल नेपालका महासचिव राम प्रसाद सापकोटा ‘दिपशीखा ’ लेख्छन्,‘आज एकता प्रक्रिया रोमाञ्चक भईरहेको छ । हिजो आफूभन्दा जुनियरहरु दर्जनौंको संख्यामा भित्र केन्द्रीय समितिमा छन् । हामी गेटमा उभिएर चिया नास्ता खाईरहेका छौं । पार्टी एकता जिन्दावाद ।’

maoist eakata


एमाओवादी विभाजनपछि बनेको विभिन्न पार्टीका केन्द्रीय सदस्यहरु उक्त भेलामा सहभागी भएका छन् ।