राजविराज, ७ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ रुपनीमा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोक्ँिकदा छ जना यात्रु घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ८२३८ नम्बरको मोटरसाइकल रुपनीबाट राजविराजतर्फ मोड्ने क्रममा पछाडिबाट आएको स ३ प २२८९ नम्बरको मोटरसाइकलले उछिन्न खोज्दा एक आपसमा ठोक्ँिकदा छ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
सोही मोटरसाइकल सडकमै राखिएको ठेलामा समेत ठोकिएको बताइएको छ । दुर्घटनामा परेका स ३ प २२८९ नम्बरको चालक उदयपुरको त्रियुगा नगरपालिका–९ बस्ने ३९ वर्षीय रोहित चौधरी, सोही मोटरसाइकलको पछाडि सवार उदयपुरको मोतिगढा–७ की ३० वर्षीया रमिता चौधरी र ४० वर्षीया बसरी चौधरी गम्भीर घाइते भएका छन् ।
यस्तै स ३ प २२८९ नम्बरको मोटरसाइकलमा सवार सिरहाको नराहा गाविस–९ बस्ने २५ वर्षीय सुनिल यादव र मिथिलेश यादव घाइते भएको प्रहरीले जनाएको छ । ठेलामा बसेका रायपुर गाविस–८ का समुद्र चौधरीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेको विराटनगरस्थित न्युरो असपतालमा पठाइएको छ भने बाँकी घाइतेलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता दुर्घटनामा परेका दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki