काठमाडौं, १७ जेठ । ईन्टरनेट सेवालाई गाउँ गाउँसम्म पुर्याएर अवार्ड समेत जितेका महाविर पुनले आफूलाई अर्थमन्त्री विष्णु पौडेलले झुक्याएको बताएका छन् । पुनले नेपालमा आधुनिक आविस्कार केन्द्र बनाउनु पर्ने कुरा उठाउँदै आएका थिए । यस अघिका अर्थमन्त्रीले जस्तै हालका अर्थमन्त्रीले पनि आफूलाई झुक्याएको उनको भनाई छ ।
‘हालको अर्थमन्त्री बिष्णु प्रसाद पौडेल ज्यूले पनि बिगतका अर्थ मन्त्रीहरु ले जस्तै मलाइ झुक्याउनु भए जस्तो छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर खास कुरा के हो भने, उहाँले मलाई झुक्याएको होइन कि सम्पूर्ण नेपालीहरुलाई नै एउटा कुरामा झुक्याएको हो ।’
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।
मलाई झुक्याए जस्तो छ –
हालको अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल ज्यूले पनि बिगतका अर्थ मन्त्रीहरु ले जस्तै मलाइ झुक्याउनु भए जस्तो छ । तर खास कुरा के हो भने, उहाँले मलाई झुक्याएको होइन कि सम्पूर्ण नेपालीहरु लाई नै एउटा कुरामा झुक्याएको हो ।तपाईं म कहाँ आइ रहनु पर्दैन । तपाइंले भनेको कुरामा के गर्न सकिन्छ म गर्छुू भनेर उहाँले मलाई करिब ४ महिना अगाडी अर्थ मन्त्रालयमा भन्नु भएको थियो । त्यसैकारणले त्यस पछि म अर्थ मन्त्रालय गईन । बजेट भाषण पढेर हेर्दा त मेरो प्रस्तावको बारेमा केहि पनि उल्लेख भएको छैन । मेरो प्रस्ताब एउटा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने र त्यसलाई कसरी दिगो र उत्पादनमुलक बनाई नेपाललाई बिकासको बाटोमा अगाढी बढाउने भन्ने थियो ।
मेरो हौसला अझै बढेको छ । आँटेको काम जसरी भए पनि पुरा गर्नेछु जसको लागी अब जनताको घर दैलो चाहार्नु पर्ने भयो । तर देशका सबै पार्टीका नेताहरु र सम्बन्धित मन्त्रालयका सचिबहरु लाई एउटा जानकारी दिन चाहान्छु । उहाँहरुको कान सम्म पुगोस ।
पानी, हावा र सुर्य बाट बिजुली निकाल्ने काम, अन्तराष्ट्रिय विमानस्थल सहित द्रुतमार्ग र रेल मार्ग बनाउने काम, पेट्रोलियम तथा अन्य खनिज पदार्थ उत्खनन गर्ने र खनिज पदार्थ निकाल्ने काम, उद्योगधन्दाहरु निर्माण गर्ने काम जस्ता सबै किसिमका भौतिक पुर्बधार निर्माण गर्ने कामहरु कुनै पनि देशमा बाँदर अथवा जनावर हरुले गरेका छैनन । बाँदर अथवा जनावरहरुले देशको विकासको लागी चाहिने भौतिक पूर्वाधारहरु निर्माण गरेको कुनै उदाहरण छ भने भन्नु होला ।
साधारण भाषामा यसरी बुझे हुन्छ ( माथी भनिए अनुसारको भौतिक पूर्वाधारहरु निर्माण गर्न र देश बिकास गर्न स्वदेशमा नै दक्ष्य जनशक्तीको बिकास गर्नुपर्छ र नेपाल मै सम्भव भए सम्मका अनुसन्धान र बिकासका कामहरु गर्नुपर्छ । यी कामहरु नेपालीहरुले नेपालमा नै गर्न सक्छन । हामीसंग देश बिकासको लागी चाहिने मानव पुँजी र संशाधनको खाँचो पटक्कै छैन ।
यी कामहरु स्वदेशमा नेपालीहरुबाट नै भएन भने हामीले विदेशी बिशेषज्ञहरुबाट सबै काम गराउनु पर्नेहुन्छ र विदेशीहरुको सबै टेक्नोलोजी भित्र्याउनु पर्ने हुन्छ । त्यसो गर्दा देश पर निर्भरता तिर लम्कन्छ र बाह्यशक्तिहरुले हेप्न सुरु गर्छन ।
त्यसैले ढिलै भए पनि स्वदेशमा दक्ष्य जनशक्तीको बिकास र प्रविधिको बिकासको काम सुरु नगरी हुन्न घन्टाउके नेताज्यू ज्यू हर,
देशमा नै बिज्ञान तथा प्रबिधिको विकास नगर्ने र बिदेशी बिशेषज्ञहरु र बिदेशी टेक्नोलोजीहरुमा मात्र निर्भर हुने हो भने देश कहिल्यै पनि उँभो लाग्दैन भनेर बुझनु जरुरी देखिन्छ। तथास्तु !!