किर्ते अभियोगमा प्रहरीले पक्राउ गर्दा झोलामा सेनाको कार्ड ?

diyopost.com
bestnp  आइतबार, जेठ ०९, २०७३ | १५:२५:०९

काठमाडौं, ९ जेठ । काठमाडौं उपत्यकामा विभिन्न नक्कली कागजात बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले झापाको दमक घर भएका सन्दीप दाहाल र झापाकै जुडोपानी घर भएका ईश्वर भट्टराईलाई पक्राउ गरेको हो ।
उनीहरुले उपत्यकामा रोजगारीका लागि दुवई जाने युवाहरुको नक्कली कागजात तयार पार्दै आएका थिए । प्रहरीका अनुसार उनीहरुले किर्ते गरी नक्कली सरकारी कागजात तयार पार्दै मोटो रकम असुल्दै आएका थिए । प्रहरीले सन्दीप दाहाललाई पक्राउ गर्दा उनको साथबाट सेनामा जागिर खाएको नक्कली प्रमाण पत्र समेत भेटिएको छ ।

सम्बन्धित खबर