फोनमा धम्काएर पैसा माग्ने बुद्धनगरबाट पक्राउ

दियो पोस्ट  

 

काठमाडौं, ९ जेठ । विभिन्न मोबाईलबाट धम्की दिएर रकम असुली गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङ फेदी घर भएका पुष्पराज राई र सोही स्थानका हस्तराज राईलाई पक्राउ गरेको हो ।

उनीहरुले झापा सुरुङ्गाका ताराविर विश्वकर्मालाई फोनमा धम्कि दिँदै पैसा मागेका थिए । महानगरीय प्रहरी अपराध महासाखाबाट खटिएको टोलीलाई उनीहरुलाई राजधानीको बुद्धनगरबाट पक्राउ गरेको हो । उनीहरुबाट ६५ हजार नगद र ५ थान मोबाईल पनि बरामद गरेको छ ।

सिफारिस