माओवादी केन्द्रमा ‘रमिता’, ‘यौन दुराचारी र बलात्कारी हाईहाई, दुइ छोरा गुमाउने घाईते बाईबाई !’

दियो पोस्ट  

दियोपोस्ट संवाददाता
धादिङ ११ जेठ । नवगठित ‘नेकपा माओवादी केन्द्र’ विवादको भूमरिमा फसेको छ । केन्द्रीय सदस्य मनोनयनको क्रममा देखिएको मनोमानी प्रवृतिका कारण कार्यकर्तामा चरम असन्तुष्टि छाएको छ । जम्बो केन्द्रीय समिति छनौट गरेर कार्यकर्ताबाटै आलोचना खेपिरहेको माओवादी केन्द्रले अपहरणकारी र बलात्कारीलाई समेत मनोनयन गरेको समाचार आईसकेको छ । अर्का एक नेताको नाम भने माओवादी केन्द्रले रहस्यमयी तरिकाले छुटाएको छ । उनी हुन् माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी । भण्डारीको नाम भन्दा उनको योगदानलाई धादिङ्का गैर माओवादीले समेत स्मरण गर्छन् । युद्धकालकै समयमा धादिङको गोलाभञ्ज्याङ्मा तत्कालीन सेनाले उनलाई ‘हत्या’ गरेर फालेको थियो । तर स्थानिय जनताले हेलिकोप्टरको साहारामा राजधानी पु¥याएर उपचार गराएका थिए

धादिङबाट पत्रकारिता गरिरहेका नारयण सिलवालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘०५२ सालदेखि माओवादी आन्दोलनका पूर्णकालिन कार्यकर्ता, युद्धकालिन घाईते, बेपत्ता दुई छोराका बाबु धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीलाई केन्द्रीय सदस्य नबनाउन यस अघि ३ प्रदेशका सेक्रेटरी नारायण दाहालले लाखौं रकम पार्टी भित्रैबाट लिएको खबर आयो ।


त्यसो त भण्डारीलाई यस अघि पनि एमाओवादीले अन्याय गरेको थियो । यसअघि संविधानसभाको दोस्रो निर्वाचन पश्चात मनोनयन गरिएको समानुपातिक सभासद् कोटामा समेत उनको नाम जिल्ला पार्टीबाट सिफारिस गरिएको थियो । तर उनको ठाउँमा नेपाल प्रहरीका पूर्व महानिरिक्षक रविन्द्र प्रताप शाहलाई मनोनित गरेपछि कार्यकर्ता आक्रोशित बनेका थिए ।
भर्खरै माओवादीले बनाएको जम्बो केन्द्रीय समितिमा ६९९ सदस्यको नाम आउँदा भण्डारीको नाम भने आएन । २०५२ फागुन १ देखि तत्कालीन माओवादीले थालेको जनयुद्ध देखि नै पूर्णकालिन कार्यकर्ता भएर युद्धमा होमिएका थिए ।

bhandari


यसैबीच भण्डारी केन्द्रीय समितिमा नपरेपछि धादिङका कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्ति गरेका छन् ।
धादिङबाट पत्रकारिता गरिरहेका नारयण सिलवालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘०५२ सालदेखि माओवादी आन्दोलनका पूर्णकालिन कार्यकर्ता, युद्धकालिन घाईते, बेपत्ता दुई छोराका बाबु धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीलाई केन्द्रीय सदस्य नबनाउन यस अघि ३ प्रदेशका सेक्रेटरी नारायण दाहालले लाखौं रकम पार्टी भित्रैबाट लिएको खबर आयो ।
जिल्लाकै वाईसिएलको नामका फेसबुकबाट पार्टीले गम्भिर भूल गरेको भन्दै नसुधारे ठूलो क्षेति बेहोर्नु पर्ने चेतावनी दिएको छ । ‘पार्टीले गम्भिर भूल ग¥यो यो नसच्चिए जिल्लामा ठूलो क्षति बेहोर्नु पर्छ । चेतना भया ।’ वाईसिएल धादिङले लेखेको छ ।
यता एमाओवादीका प्रदेश नम्बर तीनका यसअघिमा संयोजक नारयण दाहालले उनको नाम नपरेको स्विकार गरे । ‘हामीले सिफारिस गरेकै हो । उहाँ लगायत तीन जना पर्नुभएन,’ उनले भने, ‘फेरी पठाएका छौं ।’
दाहालले भण्डारीको व्यक्तिगत चरित्रलाई समेत दोष दिए । ‘उनी भन्दा श्रेष्ठ कोही छैन भन्छन्,’ दाहालले भण्डारी प्रति रिस पोख्दै भने, ‘कार्यलय समेत जलाउन तम्सने मान्छे हुन् । मैले यो भन्दा धेरै भन्दिन ।’
यद्धपी माओवादी कार्यकर्ताले भने नारायण दाहालले पार्टीकै अन्य नेताबाट रकम लिएर मनोनयन गरेको दाबी गरेका छन् ।

TATA ADD