सर्बोच्च अदालत र न्याय सेवा विधेयक प्रस्तुत

दियो पोस्ट  

काठमाडौँ, १४ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले दुई विधेयक सदन समक्ष प्रस्तुत गरे ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा उनले प्रस्तुत गरेको ती दुई विधेयकमा ‘ सर्बोच्च अदालत ९पहिलो संशोधन० विधेयक २०७३’ र ‘न्याय सेवा आयोग विधेयक, २०७३ ’ छन् ।

सो अवसरमा उनले संविधान कार्यान्वयन गर्न प्रस्तुत गरिएको सो विधेयकपछि अन्य क्रमशः प्रस्तुत गरिने बताए ।

यसैगरी श्रम तथा रोजगारमन्त्री दीपक बोहराले ‘सामाजिक सुरक्षा विधेयक, २०७२’ प्रस्तुत गर्दै लामो समयको अथक प्रयासपछि विधेयक आएको जानकारी दिए ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले सामाजिक सुरक्षा विधेयक २०७२ अधुरो अपूरो भएको जनाई विधेयकलाई फिर्ता लिन सरकारसित माग गरेको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक शनिबार अपराह्न ४ बस्नेछ । सो बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।