बस्ने ठाउँ नदिएको भन्दै पूर्वउपराष्ट्रपति झाद्वारा गणतन्त्र दिवसको कार्यक्रम बहिस्कार

दियो पोस्ट  

काठमाडौं, १५ जेठ । पूर्वउपराष्ट्रिपति परमानन्द झाले गणतन्त्र दिवसको समारोह बहिस्कार गरेका छन् । शनिबार शैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा झाले आफूलाई आयोजकले अपमान गरेको भन्दै बहिस्कार गरेका हुन् ।
राष्ट्रिय पोसाका शैनिक मञ्च टुँडिखेल पुगेका झा यताउति हेर्दा पनि बस्ने ठाउँ नपाएपछि बाहिरिएका थिए । झालाई फकाउन कस्सिएका सरकारी अधिकारीलाई पनि उनले नटेरि बारिएपछि आयोजक नै अचम्ममा परेका छन् । सरकारी अधिकारीले पटकपटक बस्ने व्यवस्था गराउने भन्दा पनि उनी निस्केर हिँडेका हुन् ।

सम्बन्धित खबर