को बन्ला सिक्किमको मुख्यमन्त्री ? यस्तो छ मत परिणाम

दियो पोस्ट  

एजेन्सी । भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणाम अनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ ।

भारतमा लोकसभा चुनावसँगै केही राज्यमा विधानसभा चुनाव पनि भएको थियो । भारतको आन्ध्र प्रदेश, अरुणाञ्चल प्रदेश, ओडिशा, तमिलनाडु र सिक्किममा विधानसभा चुनाव पनि भएको थियो । यसको नतिजा पनि आजै आउने भएको छ ।

सिक्किममा एउटा लोकसभा सिट रहेको छ भने सिक्किम विधानसभामा ३२ सिट रहेको छ । सिक्किममा सरकार बनाउन १७ सिट आवश्यक पर्छ ।

मुख्यमन्त्री पवनकुमार चाम्लिङ लगातार छैटौँ कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री बन्ने दाउमा छन् । उनको पार्टी सिक्किम डेमोक्रेटिक पार्टी (एसडीएफ) अहिले ११ सिटमा अग्रता बनाइरहेको छ । चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । त्यस्तै सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम ले एसडीएफलाई पछ्याउँदै ५ सिटमा अग्रता बनाएको छ ।

पवन चाम्लिङले नाम्ची विधानसभा क्षेत्रबाट चुनाव जितेका छन् भने पोकलोक कामराङ क्षेत्रमा पनि उनी अगाडि रहेका छन् । भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी भने सबै क्षेत्रमा पछाडि रहेको छ । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ ।

TATA ADD