नागढुंगामा झोला खोतलेर स्वास्थ्यकर्मीमाथि हप्कीदप्की गर्ने उत्तम कार्की पक्राउ

दियो पोस्ट  

काठमाडौं, ४ जेठ । राजधानी प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशाला प्रमुख नारायण कार्कीलाई हप्कीदप्की गर्ने झोला खोतल्ने युवा पक्राउ परेका छन् ।

आफूलाई सामाजिक अभियान्ता बताउने उत्तम कार्कीलाई महानगरिय प्रहरि परिसर काठमाडौंले पक्राउ गरेको हो ।

गत शुक्रबार कोरोना सम्बन्धी कार्यका लागि काठमाडौं फर्कने क्रममा उनीमाथि अभियान्ता बताउने कार्कीले दुर्व्यबहार गरेका थिए । उनको गाडी रोकेर झोला खोतल्ने देखि मास्क किन नलगाएको भन्दै धम्की दिएका थिए । गृहमन्त्रालयको निर्देशनमा उनलाई पक्राउ गरिएको हो ।