काठमाडौं, ४ जेठ । सरकारले कोरोना भाइरस कोभिड १९ को संभावित महामारीलाई रोक्न भन्दै लकडाउनको घोषणा गरेको आज ५५ औँ दिन ।
तर, यसबीचमा केही अवाञ्छित गतिविधि भइरहेका छन् । स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, बाटोमै युवाहरुको जमातले दुर्व्यबहार गर्ने र बाटो अवरोध गर्ने जस्ता गम्भिर घटनाहरु बढ्न थालेपछि गृहमन्त्रालयले त्यस्ता व्यक्तिलाई कारबाही गर्ने तयारी थालेको छ । गृहमन्त्रालयले एक विज्ञप्ति नै जारी गरि त्यस्ता अवाञ्छित गतिविधिमा समलग्नलाई पक्राउ गरी मुद्दा चलाउनेसम्मको तयारी गरेको बताइएको छ ।
‘स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाव दिने, आवागमनको क्रममा दुर्वयबहार गर्ने, कानुन विपरित काम गरी निजहरुको मनोबल गिराउने, स्थानिय केही व्यक्तिहरुले स्वास्थ्य सुरक्षाको नाममा बाटो बन्द गराउने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका मानिसहरुलाई बिनाकारण निष्काशन गर्ने लगायतका अमानविय कार्यहरु भइरहेको प्रति यस मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ,’ गृहमन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
यस्ता गतिविधि गर्नेमाथि गृहमन्त्रालयले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम कारबाही गर्ने तयारी थालेको छ ।