धादिङको खनियाबासबाट धारिलो हतियारसहित २ युवा पक्राउ

धादिङको खनियाबासबाट धारिलो हतियारसहित २ युवा पक्राउ
धादिङ, ११ जेठ । धादिङको खनियाबास गाउँपालिका दार्खास्थित किन्ताङफेँदीबाट धारिलो हतियार सहित २ जना युवालाई पक्राउ गरेको छ ।
 पक्राउ पर्नेमा झ्याप्ले भन्ने राजु तामाङ र धानु तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए । 

उनीहरुलाई छुरा आकारको धारिलो हतियार सहित पक्राउ परेका उनीहरुको कुनै आपराधीक पृष्ठभूमि भने नभएको डिएसपी खड्काले बताए । झ्याप्ले भनिने राजु हाल खनियावास गाउँपालिकाकै बासिन्दा हुन् भने धानु भने निलकण्ठ ८ ससाहका बासिन्दा हुन् । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

Trending News