कोरोना महामारी ह्याम्स अस्पतालका लागि ‘दशैँ’ : एउटै बेडको दैनिक ५० हजार अशुली !

कोरोना महामारी ह्याम्स अस्पतालका लागि ‘दशैँ’ : एउटै बेडको दैनिक ५० हजार अशुली !

काठमाडौं, २१ वैशाख । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण मुलुकका ५१ जिल्लामा निषेधाज्ञा छ । कोरोना संक्रमितहरु एम्बुलेन्स नपाएर घर, बाटो र कतिपय ट्याक्टरमै प्राण त्याग्दैछन् । तर, यस्तो अवस्तामा केही नीजि अस्पताललाई भने कोरोना महामारी ‘दशैं’ बनेको छ ।

राजधानीको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले कोरोना महामारीका विरामीलाई पाँचतारे होटलको कोठो बेचेको जस्तै शैलीमा चर्को असुली गर्दै आएको पाइएको छ ।


व्यापारीहरु सुहृदराज घिमिरे, आरएस भण्डारी लगायतको समुहद्वारा सञ्चालित यो अस्पतालले एउटै रुममा ५० हजार रुपैयाँसम्म असुल्ने गरेको सुचा सार्वजनिक भएको छ । अस्पतालले सार्जजनिक गरेको सुचना अनुसार सामान्य वार्डमा बस्ने कोरोनाका विरामीले प्रति दिन एउटै बेडको ७ हजार रुपैयाँ बुझाउँदै आएका छन् ।


अस्पतालले विरामीका आफन्तलाई ७ हजारदेखि ५० हजार रुपैयाँसम्मका रुमको शुल्क प्रस्तावको मञ्जुरीनामामा हस्ताक्षेर गर्न लगाउने गरेको पाइएको हो ।

विरामीले उपचार खर्चको लागि लाग्ने रकमका विषयमा कुनै पनि निकायमा उजुरी गर्न नपाउने शर्तमा मात्रै विरामी भर्ना लिने गरेको पाइएको हो । आइसियुको शुल्क स्विट रुमको एकै दिन ५० हजार रुपैयाँ रहेको बिलमा उल्लेख छ । आईसियुको बेडमा एकै दिन बसेको २२ हजार रुपैयाँ रहेको सुचनामा उल्लेख छ ।

Trending News