संसदमा प्रधानमन्त्रीको धम्की : ‘मलाई भोट नदिए संसद विघटन गर्छु’

संसदमा प्रधानमन्त्रीको धम्की : ‘मलाई भोट नदिए संसद विघटन गर्छु’

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई संसदले विश्वासको मत नदिए संसद विघटन गर्ने धम्की दिएका छन् ।

‘संसद जोगाउने भए मलाई भोट दिउँ,’ उनले संसदमा उठेको जवाफ दिँदै भने,‘चुनाव हुँदा लोकतन्त्र पनि खतरामा पर्दैन संविधान पनि खतरामा पर्दैन । ५ वर्ष चल्ने भए मलाई विश्वासको मत दिनुस् । किन राजिनामा नदिएको भन्दा ५ वर्ष चलाउँ । मिलेर काम गरौँ मलाई मत दिनुस् । संसद विघटन होलाकी भन्ने चिन्ता छ ए बाबा मत दिनुस् न कसरी विघटन हुन्छ ? आफै मत नदिईकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अबजस लगाउने ?’

Trending News