आमाको मुख हेर्ने पर्व, संघर्षशील आमाहरुका ममता झल्किने १० तस्बिर हेर्नुहोस्

diyopost.com
दियो पोस्ट   मंगलबार, बैशाख २८, २०७८ | १५:३१:३६

काठमाडौं, २८ बैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाईने प्रचलन छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । फोटोहरु सामाजिक सञ्जालबाट साभार गरीएको हो ।

S

सम्बन्धित खबर