काठमाडौं, ८ जेठ । मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
बैठकले आगामी कार्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माण हुन नसकेको दाबी गर्दै सरकारले संसद भंग र मध्यावधि चुनाव गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।